डा. संगीता मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस
५ असोज, काठमाडौं।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिने निर्णय गरेको हो।
डा. मिश्र यसअघि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको पदमा कार्यरत थिइन्। मन्त्री बन्ने सम्भावना देखिएपछि उनले आइतबार राजीनामा दिएकी थिइन्। स्वास्थ्य सचिव नियुक्तिमा असन्तुष्ट रहेकी उनले झन्डै ६ महिना बिदा लिइरहेकी थिइन् र गत बिहिबार मात्र मन्त्रालयमा फर्किएकी थिइन्।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले डा. मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व दिने तयारी गरेको छ। उनीसहित पाँच जना नयाँ मन्त्रीको सोमबार पद तथा गोपनीयताको सपथ हुनेछ।
डा. मिश्रले स्वास्थ्य सेवामा २०५७ सालमा प्रवेश गरेकी थिइन्। उनले अमेरिका फुलब्राइट छात्रवृत्तिमा अध्ययन गरेपछि २०७० असोज १० गते स्वास्थ्य सेवामा खुलातर्फको प्रतिस्पर्धाबाट प्रवेश गरेकी हुन्। उनले स्वास्थ्य सेवा विभाग, कोशी अस्पताल, र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेतृत्वदायी भूमिकामा काम गरेकी छिन्।
For More:-Dr. Sangeeta Mishra Health Minister