सन्दीप लामिछाने वेस्ट इन्डिज शृंखलाका अन्तिम दुई खेलबाट निलम्बनमा
१५असोज २०८२, काठमाडौं।
नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम दुई खेलका लागि निलम्बनमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको हो।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको उल्लेख छ।
त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ। यद्यपि, उनी ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि टोलीमा समावेश हुनेछन्। नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको छ।
For more: Sandeep Suspended From West Indies Series