२६ असार, काठमाडौं।
ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई निष्कासनमा मागभन्दा बढी आवेदन परेको छ।
सर्वसाधारणका लागि निष्कासन गरिएका इकाईहरूमा अत्याधिक चासो देखिएसँगै आवेदन संकलन कार्य आज, अर्थात् २०८२ असार २७ गते (बैंकिङ समय) पछि बन्द गरिने भएको छ।
यस योजनाअन्तर्गत प्रतिकाई अंकित मूल्य रु.१० का दरले कुल १२ करोड इकाई निष्कासन गरिएको थियो। जसमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत अर्थात् १८ लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडलाई १३.५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई बीज पूँजीको रूपमा छुट्याइएको थियो।
बाँकी १० करोड २० लाख इकाईहरू सर्वसाधारणका लागि २०८२ असार २२ गते आइतबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जारी गरेको जानकारीअनुसार, सर्वसाधारण आवेदकहरूबाट मागभन्दा बढी इकाईका लागि आवेदन प्राप्त भइसकेको छ।
कम्पनीले निष्कासनको अन्तिम दिनसम्म मागभन्दा बढी थप २५% इकाइका लागि आवेदन प्राप्त भई योजनाको आकार १ अर्ब ५० करोड रुपैयाँ पुग्ने र ओभरसब्स्क्राइब हुने पूर्ण विश्वास व्यक्त गरेको छ।
यस निष्कासन कार्यमा सहयोग र सद्भाव प्रदान गर्ने नियामक निकायहरू, आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू, सम्पूर्ण शुभेच्छुकहरू, लगानीकर्ता आवेदकहरू, सञ्चार माध्यमहरू तथा सम्बन्धित सबै निकायहरूमा ग्लोबल आइएमई क्यापिटलले धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गरेको छ।
For more: Samunnat Yojana-2 Oversubscribe