सामसुङ ग्यालेक्सी M36 5G नेपालमा: एडभान्स्ड AI, आकर्षक डिजाइन र उत्कृष्ट पर्फर्मेन्स

Samsung Galaxy M36 5G Nepal
Share It On:

७ साउन, काठमाडौं।

नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी M सिरिजमा नयाँ Galaxy M36 5G सार्वजनिक गर्दैछ। यो स्मार्टफोन Velvet Black र Serene Green रंगमा, नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

दुई भेरियन्टमा उपलब्ध:

8GB + 128GB – NPR 36,999

8GB + 256GB – NPR 41,999

Galaxy M36 5G का मुख्य विशेषताहरू:

AI इनोभेसन, अब तपाईंको औँलामा

Google सँगको Circle to Search र Gemini Live जस्ता फिचरहरू मार्फत, Galaxy M36 5G ले AI लाई अझ नजिक ल्याउँछ। चाहे तस्बिर चिन्ने होस् वा AI असिस्टेन्टसँग लाइभ कुराकानी – सबै काम सहज र इन्ट्युटिभ।

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल

सिर्फ 7.7mm पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ बाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ। 6.7-इन्चको FHD+ Super AMOLED स्लीम बेजल डिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीसहित, घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ।

शानदार क्यामेरा क्षमता

50MP OIS ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। Auto Night Mode र Nightography फिचरहरू छन्। अगाडि र पछाडि दुवै क्यामेरामा 4K भिडियो रेकर्डिङ सपोर्ट, साथै Photo Remaster र Object Eraser जस्ता एडिट टुलहरू पनि उपलब्ध छन्।

मन्स्टर परफर्मेन्स

Exynos 1380 (5nm) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ। Vapor cooling chamber ले ओभरहीट हुन दिँदैन। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङले पुरै दिन पावर दिन्छ ।

दिगो सफ्टवेयर र सुरक्षासहित

6 वर्षको सुरक्षा अपडेट र 6 जेनेरेशनसम्मको Android अपग्रेड ग्यारेन्टीका साथ, Galaxy M36 5G लामो समय टिक्ने फोन हो। One UI 7 मा चल्ने यसमा क्लीनर होम स्क्रिन, अपडेटेड विगेट्स र Now Bar जस्ता नयाँ फिचरहरू छन्। Samsung Knox Vault मार्फत डेटा सुरक्षित राखिन्छ।

उपलब्धता:

Galaxy M36 5G जुलाई २४, २०२५ देखि नेपालभरका Samsung रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts