सामसङद्वारा नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंङ मेशिन सार्वजनिक

Samsung Bespoke AI Washing Machines Nepal
Share It On:

१९ पौष ,काठमाडौं ।

सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।

Samsung Bespoke AI Washing Machines Nepal

स्मार्टथिंगस्एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै, यसले धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले यसको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ ।

यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।

१२केजी लाइन–अप दुईवटा फरक मोडलहरूमा उपलब्ध छ डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM. यी दुवै मोडलहरूको मूल्य क्रमशः १,१४,९९० रूपैयाँ र १,२०,९९० रूपैयाँ रहेको छ । यस वाशिङ मशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *