स्टक ब्रोकर्स एसोसिएन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी
२१ मंसीर, काठमाडौं ।
Sagar Dhakal President SBAN 2024
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच गत कार्तिक २८ गते मर्जर सम्झौता भएको थियो । जारी साधारणसभाले संघको नयाँ नेतृत्व चयन गरेको हो । ढकाल हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नम्बर ६३) का अध्यक्ष हुन्।
यसैगरी उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल चयन भएका छन्। त्यस्तै कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।