सारेगमप लिल च्याम्प्स २ को भोटिङ खल्ती बाट सजिलै गर्न सकिने

Sa Re Ga Ma Pa Li'l Champs Season
Share It On:

१८ असोज काठमाडौं । 

विभिन्न युवा मैत्री मनोरञ्जन र सोहरूमा टिकटिङ र भोटिङमा अग्रणी रहेको ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एप मार्फत सजिलै भोट गर्न सक्नेछन्।

Sa Re Ga Ma Pa Li’l Champs Season 2

बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो। पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शो को एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट Space 4K र DOKO प्लेटफर्म मार्फत प्रसारण हुनेछ।

यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहनु हुने घोषणा गरिएको छ।

सारेगमपका प्रोजेक्ट प्रमुख विपिन कुमारले भन्नुभयो :

“खल्ती सँगको यस सहकार्यले हाम्रो दर्शकहरूलाई पहिले भन्दा अझ सशक्त बनाएको छ। सो, प्रतियोगी र गायन कलाका प्रशंसकहरूले अझ सरल तरिकाले भोटिङ गर्न पाउने यस व्यवस्थाले हाम्रो प्रतियोगीहरूको भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा हामी विश्वस्त छौँ। दर्शकहरू माझ सहभागिता र सम्बन्ध विस्तार गर्नका निम्ति खल्ती सँग एक नयाँ डिजिटल दृष्टिकोण ल्याउन पाउँदा हामी एकदम उत्साहित छौँ। ”

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीमा खुसी व्यक्त गर्दै भन्नुभयो

“हामीले हाल सम्म सयौँ कार्यक्रमहरूको लागि खल्ती भोटिङ प्ल्याटफर्म प्रदान गर्दै आइरहेका छौँ। यसै अनुरूप हामीले सारेगमप सँगको यस सहकार्यमा ‘सारेगमप लिल च्याम्प्स सिजन 2’ मा भोटिङ सुविधा उपलब्ध गराउन पाउँदा निकै खुसी छौँ। अब खल्ती प्रयोगकर्ताहरूले आफू जहाँ भए पनि आफ्नो मन पर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्नेछन् । आगामी दिनमा हामी अझ धेरै भन्दा धेरै सो र कार्यक्रमहरूलाई यो प्ल्याटफर्मको सुविधा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौँ ।”

ISO २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ। खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्‍याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

खल्ती एप Sa Re Ga Ma Pa Li’l Champs Season 2  बाट डाउनलोड गर्न सकिन्छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts