युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल
२४ फागुन, काठमाडौैं ।
युवालाई स्वरोजगार र स्थायी आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्य सहित आरवाईडी नेपालले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ ।
कम्पनीले सवारी साधन सेवामा संलग्न राइडरहरूको आय बढाउने र सुरक्षित सेवा सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंको कपन क्षेत्रमा अत्याधुनिक वर्कसप सञ्चालन गर्ने तयारी गरेको समेत जनाएको छ ।
कम्पनीका अध्यक्ष अभिषेक खत्तिवडाका अनुसार, राइडरलाई कमाइमा केन्द्रित बनाउने लक्ष्य सहित कम्पनीले पूर्वाधार विस्तार, सेवा सुधार तथा सहयोग कार्यक्रमहरू अघि बढाइरहेको छ ।उनले आगामी दिनमा राइडर मात्र नभई अन्य ग्राहकलाई समेत लक्षित गरी सेवा विस्तार गरिने बताए ।
सुरुवातमा ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्ना सवारी साधन १सय पु¥याएको छ। नयाँ वर्कसप सञ्चालन पछि नियमित मर्मत–सम्भार सहज हुने, बाइकको सुरक्षा तथा कार्यक्षमता सुधार हुने कम्पनीको अपेक्षा छ ।
आरवाईडी नेपालले नयाँ बाइक भाडामा उपलब्ध गराउँदै युवालाई रोजगारी सिर्जना गर्ने प्लेटफर्मको रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको छ । पुराना रजीर्ण बाइकको झन्झट हटाउँदै कम्पनीले ब्रान्ड–न्यू बाइक उपलब्ध गराउने नीति लिएको छ, जसले राइडरलाई मर्मत खर्चको तनावबाट मुक्त गर्ने विश्वास लिएको छ ।
राइडरहरूले पहिलो दिन देखि नै आम्दानी सुरु गर्न सक्ने गरी कम्पनीले प्रति दिन८०० रुपैयाँमात्र भाडा निर्धारण गरेको छ ।साथै, डेढ वर्ष भित्र आफ्नै बाइकको मालिक बन्न सक्ने मोडल समेत तयार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले राइडरलाई हेल्मेट, फोन होल्डर, रेनकोट सहित सुरुवाती चरणमा १५०० रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराउने छ।
आरवाईडी नेपालको लक्ष्यकेवल बाइक भाडा सेवा प्रदान गर्ने कम्पनी बन्ने मात्र नभई युवाको भविष्य निर्माणमा सहयात्री बन्ने रहेको कम्पनीको भनाइ छ।
For more: RYD Nepal Youth Self-Employment


