रोहित पौडेलको जेको J5 को २५% उपहार कर एसपीजी अटोमोबाइल्सले बेहोर्ने
१० पुष २०८२, काठमाडौं ।
नेपाल प्रिमियम लिग (NPL) सिजन २ को ऐतिहासिक समापनसँगै, नेपालका लागि ओमोडा र जेको (Omoda & Jaecoo) गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा. लि. ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका लागि एक महत्वपूर्ण सहयोगको घोषणा गरेको छ।
एनपीएल सिजन २ मा “इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट” घोषित भएका रोहित पौडेललाई पुरस्कार स्वरूप प्रदान गरिएको जेको (Jaecoo) J5 इलेक्ट्रिक SUV को भव्य हस्तान्तरण कार्यक्रमका क्रममा, कम्पनीले उक्त गाडीमा लाग्ने २५ प्रतिशत उपहार कर (Gift Tax) पूर्ण रूपमा आफैँले बेहोर्ने आधिकारिक घोषणा गरेको छ।
जेको J5 एक प्रिमियम इलेक्ट्रिक SUV हो, जसलाई विलासिता र मजबुत प्रदर्शन दुवैका लागि डिजाइन गरिएको छ। ४६१ किलोमिटरको रेन्ज, १५५ किलोवाटको शक्तिशाली मोटर र १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपालको विविध भू-बनोटमा एक च्याम्पियनको यात्राका लागि उत्कृष्ट सहयात्री हुनेछ।
एसपीजी अटोमोबाइल्स प्रा. लि. को बारेमा
एसपीजी अटोमोबाइल्स नेपालका लागि ओमोडा, जेको र इकाउर (iCAUR) ब्रान्डहरूको आधिकारिक बिक्रेता हो। कम्पनीले उच्च गुणस्तरका दिगो गाडीहरू मार्फत नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउनुका साथै राष्ट्रको खेलकुद क्षेत्रको विकासमा सक्रिय रूपमा सहयोग गर्दै आएको छ।
For more: Rohit Paudel Jaecoo J5



