एनआइएमबि एस क्यापिटलले आयोजना गरेको “रोड टु आइपीओ” कार्यशाला सम्पन्न

Road 2 IPO Kathmandu Nepal
Share It On:

१६ भदौ, काठमाडौं।

एनआइएमबि एस क्यापिटल, Pioneer Law Associates र ICRA Nepal लिमिटेडको सहकार्यमा २०८२ भाद्र १५ गते (अगस्त २९, २०२५) मा काठमाडौंको होटल एलोफ्टमा “रोड टु आइपीओ” नामक कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ 

यो कार्यक्रम विशेषगरी कर्पोरेट संस्थाहरूका सहभागीहरूलाई कम्पनीलाई प्राथमिक सार्वजनिक निष्काशन (IPO) को प्रक्रिया मार्फत सूचिकृत गर्न आवश्यक जानकारी र रणनीतिक मार्गदर्शन दिनका लागि आयोजना गरिएको थियो 

कार्यक्रमको उद्घाटन एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गर्नुभयो उहाँले आइपीओले कम्पनीको दीर्घकालीन रणनीति, पुँजी निर्माण र समग्र आर्थिक विकासमा पुर्याउने योगदानबारे प्रकाश पार्नुभयो 

कार्यशालामा विभिन्न विशेषज्ञहरूले आफ्नो प्रस्तुति दिए:

Pioneer Law Associates का प्रबन्ध साझेदार अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानुनी पक्ष र प्रचलित कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो

एनआइएमबि एस क्यापिटलका DCEO सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, आइपीओको उपयुक्त समय, निष्काशन विधि, पुँजी संरचना र मूल्य निर्धारण जस्ता विषयमा छलफल गर्नुभयो

ICRA Nepal का रेटिङ डिभिजन प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय अवस्थाले क्रेडिट रेटिङ र लगानीकर्ताको धारणामा पार्ने प्रभावबारे आफ्नो प्रस्तुति दिनुभयो

यो कार्यक्रमको माध्यमबाट एनआइएमबि एस क्यापिटल र Pioneer Law Associates ले नेपाली व्यवसायहरूलाई सार्वजनिक सूचीकरणको मार्गमा सहयोग गर्ने, वित्तीय साक्षरता बढाउने र संस्थागत सुशासन बलियो बनाउने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन् ।

For more: Road to IPO Kathmandu Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *