RigoHR ले ल्यायो Payroll र Shift मोड्युल मा आमूल परिवर्तन

RigoHR Game-Chaning Payrolls
Share It On:

१६ वैशाख, काठमाडौं।

नेपालको सबैभन्दा लोकप्रिय र भरपर्दो HR र Payroll सफ्टवेयर RigoHR ले Payroll Module लाई आमूल परिवर्तिन सहित नयाँ संस्करण सार्वजनिक गरेको छ, साथै Shift Scheduling को नयाँ संस्करण पनि ल्याएको छ।

RigoHR बिगत १३ बर्ष देखि नेपाल तथा विदेशका सयौँ व्यवसायहरूको HR र Payroll व्यवस्थापनका लागि पहिलो रोजाइ बनेको अनलाइनमा उपलब्ध आधुनिक HR सफ्टवेयर हो।

यो सफ्टवेयर १५ वर्षभन्दा बढी अनुभव भएका चार्टर्ड एकाउन्टेन्ट, वित्त विशेषज्ञहरू, र सफ्टवेयर इन्जिनियरहरूको बहु-आयामिक टोलीले निर्माण गरेका हुन्। नवीनतम प्रविधिमा बनेको, छिटो, त्रुटीरहित क्यालकुलेसन, कानुनी अनुपालन, सुरक्षित र भरपर्दो प्लेटफर्मका लागि RigoHR परिचित छ।

नयाँ अपडेटमा थप शक्तिशाली एवं परिस्कृत Payroll Module समावेश गरिएको छ, जसमा निम्न विशेषताहरू छन्:

नयाँ एच आर कोर – कर्मचारी भर्ना देखि रिटायरमेन्ट सम्म सम्पूर्ण प्रक्रियाहरु सहज प्रोसेसिंगको लागि नयाँ सफ्टवेयर स्ट्रक्चर

सूचना परिवर्तन र तलब सम्बन्धि इभेन्ट ट्र्याकर – सूचना परिवर्तन र पेरोलसम्बन्धी गतिविधिहरूको स्पष्ट र अडिट गर्न मिल्ने प्रक्रिया तथा सूचना सजिलोसँग उपलब्ध हुने

समयमै त्रुटी पहिचान र रोकथाम– सरल प्रक्रियाबाट सम्भावित त्रुटी तथा गल्तीहरू कम गर्न सहयोग गर्ने

कानूनी अनुपालनमा सहयोग – सफ्टवेयरमै समावेश गरिएका कानूनी व्यवस्था सम्बन्धि फिचरहरु प्रयोग गरी कानूनी अनुपालन गर्न सजिलो

अत्यन्त सरल र छिटो पेरोल प्रक्रिया – स्मार्ट, छिटो र झन्झट बिनाको प्रक्रियाका साथमा समयको बचत हुने

मेकर – चेकर प्रणाली – उच्चस्तरीय डाटा विश्वसनीयताका लागि अतिरिक्त अनुमोदन प्रक्रिया तथा सुरक्षा व्यवस्था

सजिलो अतिरिक्त भुक्तानी – बोनस, चाडपर्व भत्ता, प्रोत्साहन, र अन्य अतिरिक्त भुक्तानीको सहज रूपमा व्यवस्थापन

कर्पोरेट पे इन्टिग्रेसन्: कर्पोरेट पे प्रयोग गरेर सफ्टवेयरबाटै सुरक्षित रुपमा तलब, भत्ता भुक्तानी गर्न सकिने

नयाँ वर्षको विशेष अफरको रूपमा, नयाँ Payroll सहितको उत्कृष्ट एच आर सफ्टवेयर जुलाई २०२५ सम्म न्यूनतम मूल्यमा उपलब्ध हुने छ, जसले व्यवसायहरूलाई कम लागतमा आफ्नो मानव संसाधन  प्रणालीको स्तरवृद्धि गर्ने अवसर प्रदान गर्दछ।

Payroll का साथै, RigoHR मा शिफ्टमा आधारित कार्यस्थलहरू (जस्तै होटल, अस्पताल, निर्माण उद्योग, आदि) का लागि डिजाइन गरिएको नयाँ भर्सनको Shift Scheduling पनि सार्वजनिक गरेको छ।

नयाँ Shift Scheduling मा सजिलो शिफ्ट प्लानिंग, डिभाइस तथा मोबाइल एपद्वारा हाजिरी व्यवस्थापन, अटोमेटिक वा म्यानुअल रुपमा ओभरटाइम र शिफ्ट भत्ता निर्धारण तथा कार्यान्वयन सुविधा रहेका छन्। वेब एप्लिकेसनका अतिरिक्त मोबाइल एपमा शिफ्ट कर्मचारी तथा शिफ्ट सुपरभाइजर का लागि उपलब्ध फिचरहररुले कर्मचारी तथा म्यानेजर को काम अत्यन्त सजिलो बनाउँछ।

सफ्टवेयर सार्वजनिक गर्दै रिगो टेक्नोलोजीजका प्रमुख व्यापार अधिकृत राजन श्रेष्ठ भन्छन्, “न्यूनतम मासिक शुल्कमा क्लाउड मा आधारित, आधुनिक, भरपर्दो र सुरक्षित एच आर प्लेटफर्म मार्फत RigoHR ले नेपालको एच आर प्रविधि क्षेत्रमा अग्रणी स्थान कायम राखेको छ, यसका साथै हामी अनवरत रुपमा एआई असिस्टेन्ट, एक्ज्क्युटिभ इन्साइट, कर्मचारी इन्गेजमेन्ट, पर्फर्मेन्स, सिकाई तथा विकासको क्षेत्रमा काम गरिराखेका छौ र आगामी दिनमा रिगो एच आर अझ परिष्कृत रुपमा आउने छ।”

RigoHR महंगो शुल्क तिरेर किन्नु नपर्ने, अत्यन्त कम मासिक शुल्कमा सब्स्क्राइब गर्न मिल्ने अनलाईन सफ्टवेयर हो। नयाँ बर्ष अफर अन्तर्गत यसको मूल्य रु. १५० प्रति महिना प्रति कर्मचारीबाट शुरु हुन्छ।

For more: RigoHR Game-Changing Payroll


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *