२३ भदौ, काठमाडौं।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीवनकाे सुरक्षा सुनिश्चित गर्ने पवित्र दायित्वमा पनि नेपाली सेना प्रतिबद्ध रहि आएको छ ।
नेपालमा हाल देखिएकाे जर्जरिणी आन्तरिककाे विकसित घटनाक्रममा पनि नेपाली सेना विशेष रूपमा चासोपूर्वक नियालिरहेको छ ।
यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोचे सन्तप्त परिवारजन प्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ ।
साथै, घाइते विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछ ।
नेपाल र नेपाली जनताको हित र सुरक्षामा सधैं समर्पित नेपाली सेनाले हाल विकसित परिस्थितिका कारण उत्पन्न हुन सक्ने सम्पूर्ण प्रकारका चुनौती, खतराको रोकथाम, नियन्त्रण, न्यूनीकरण र व्यवस्थापनकाे सन्दर्भमा राष्ट्रिय हित र जनताको सुरक्षालाई उच्च प्राथमिकता दिँदै निरन्तर प्रतिबद्ध रहिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।
साथै, विद्यमान परिस्थितिमा उत्पन्न हुन सक्ने सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा वर्गलाई र देशबासीलाई हार्दिक अनुरोध गर्दछ ।
For more: Request of the Nepali Army