८ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।
‘सरकार आफैँले पनि प्रोडक्शन गर्छ । अहिले सम्मको स्थिति के छ भने, हामीले सफ्टवेयर ऐरा झण्डैझण्डै गुमायौं नै । भारतले जुन कुराको ठूलो फाइदा लियो, हामी देख्दादेख्दै पछाडि पर्यौं, ’ उनले भने ।
‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरु घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दैछौ,’ उनले भने, ‘म यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दैछौं र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौं ।’
कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश र विदेशमा आदान-प्रदान हुने खालका सहजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै आइटी उद्यमीहरूले प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले हामीले नागरिक एपजस्ता कुराहरु निकालेर केहीकेही मामलामा ग्लोबल्ली फस्ट, चालक अनुमति पत्र(ड्राइभिङ लाइसेन्स)लगायतका चिजहरु त्यसैमा समेटेर लान सकिने हामीले विकास गरेको पनि बताए ।
For mor: register company vat one day