रियलमी सि ७५ नेपालमा सार्वजनिक

realme C75 Launched Nepal
Share It On:

११ चैत, काठमाडौं ।

विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्याधिक मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषताहरू सहितको रियलमी सि ७५ ले यस सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्नेछ ।

अत्याधिक टिकाउपन

रियलमी सि ७५ लाई जस्तो सुकै परिस्थितिहरू सामना गर्न निर्माण गरिएको छ । आईपी ६९ प्रमाणीकरण प्राप्त यो स्मार्टफोन धुलो र पानी प्रतिरोधी रहेको छ । आर्मरसियल ग्लासले यसलाई २६०% बढी ड्रप रेजिस्ट्यान्ट र ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनाउँछ । साथै यो स्मार्टफोन एक्कासी खस्दा, कम्पन हुँदा र चरम तापक्रमहरु पनि सहन सक्षम रहेको कम्पनीको दाबी छ ।

६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ

रियलमी सि ७५ मा रहेको ६००० एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक, र ६० दिनको स्ट्यान्डबाई टाइम प्रदान गर्छ । साथमा यसको ४५ वाटको फास्ट चार्जिङ प्रविधिले मात्र ३० मिनेटमै यसलाई ५०% चार्ज गर्न सक्छ ।

शक्तिशाली प्रदर्शन

रियलमी सि ७५ ले मेडियाटेक हेलियो जि ९२ म्याक्स प्रोसेसर प्रयोग गरिएको छ जसले सहजै गेमिङ गर्न, छिटो एप चलाउन र सहज रूपमा अन्य धेरै कार्य गर्न मद्दत गर्छ । यसमा ८ गिगाबाइट डाइनामिक मेमोरीको साथमा १६ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने विशेषता रहेको छ । १२८ जीबी र २५६ जीबी स्टोरेज अपसन रहेको यस स्मार्टफोनले माइक्रोएसडी कार्ड पनि समर्थन गर्दछ ।

स्मूथ र इमर्सिभ अनुभव

६.७२ इन्चको फुल एचडी डिस्प्ले सहितको रियलमी सि ७५ ले ९० हर्जको रिफ्रेस रेट प्रदान गर्छ जसले स्मूथ स्क्रोलिङ, जीवन्त कदरहरू र उत्कृष्ट भिजुअल अनुभव सुनिश्चित गर्छ । ६८० निट्सको उच्चतम ब्राइटनेसले प्रत्यक्ष घाममा पनि उत्कृष्ट डिस्प्ले प्रदान गर्छ ।

एआई फोटोग्राफी

५० मेगापिक्सेलको एआई क्यामाराले उच्च–रेजोल्युसन, स्पष्ट र भाइब्रान्ट फोटोहरू प्रदान गर्दछ । एआई नाइट मोडले कम लाइटिङमा समेत उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ । ८ मेगापिक्सेलको एआई ब्युटी प्रन्ट क्यामाराले प्राकृतिक र उत्कृष्ट सेल्फीहरू खिच्न मद्दत गर्छ ।

एआई स्मार्ट अनुभव

रियलमी सि ७५ का अन्य एआई फिचरले यस स्मार्टफोन प्रयोग गर्न बग्लै अनुभव प्रदान गर्दछ । एआई स्मार्ट लूपले ब्याकग्राउन्डमा चल्ने प्रक्रियाहरूलाई व्यवस्थापन गरेर ब्याट्री जीवनमा सुधार ल्याउँछ । एआई क्लियर फेसले भिडियो कलमा अनुहार अझ स्पष्ट देखाउँछ । एआई स्मार्ट मोसन जेस्चरको साथमा सामान्य हातको संकेतहरूबाट फोन नियन्त्रण गर्न सकिन्छ ।

उपलब्धता तथा मूल्य

रियलमी सि७५ नेपालभरका सबै आधिकारिक रियलमी रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ ।

८+१२८ जिबी भेरियन्ट: रु.२६,९९९/–

८+२५६ जिबी भेरियन्टः रु.२९,९९९/–

For more: realme C75 Launched in Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *