रियलमीको 0% ईएमआई अफर, १२ महिनाको ईएमआई, ४0% डाउन पेमेन्टमा 0% ब्याज दर

Realme 12-Month 0% EMI Offers
Share It On:

१९ असोज काठमाडौं ।

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ०% ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत रियलमीका फोनहरुमा ०% ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ । रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरूमा सुपथ मुल्यमा अत्याधुनिक प्रविधिको पहुँच पुर्‍याउने हो ।

शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ कि दशैं तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।

यो अफर घटस्थापना देखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजार भन्दा माथिका फोनहरुमा ४०% डाउन पेमेन्टमा ०% ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

For more: Realme 12-Month 0% EMI Offer


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *