राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच सम्झौता

RBB Neo United Remit partnership
Share It On:

११ असोज, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ ।

विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ ।

RBB Neo United Remit partnership

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । यसका साथै, उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।

साथै, उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर (नियो रेमिट) तथा युनाईटेड रेमिटबीच यस्तो सम्झौता भएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर (नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

हाल, देशका ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर काेड सेवा, पाेइन्ट अफ सेल  सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर, (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ  तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन।

For More:-RBB Neo United Remit partnership


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *