राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना

RBB Festive Vehicle Loan Offer
Share It On:

६ भदौ, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना ल्याएको छ ।

यस अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाइएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।

गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने जनाइएको छ ।

त्यस्तै, बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यस योजना भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले बताएको छ । यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन ।

निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने छ । यो कर्जा सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने पनि बैंकले जनाएको छ ।

निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुने बैंकले स्पष्ट पारेको छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने बैंकले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts