राष्ट्र बैंक गभर्नर र धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता

Rastra Bank SEBON Meeting Nepal
Share It On:

०९ जेठ, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Rastra Bank SEBON Meeting

भेटका क्रममा दुबै नियामक निकायका प्रमुखहरूले देशको वित्तीय प्रणालीलाई अझ गतिशील, अनुशासित र पारदर्शी बनाउँदै समग्र आर्थिक विकासमा सशक्त भूमिका निर्वाह गर्न नियामक संस्थाहरूबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

बोर्ड अध्यक्ष श्रेष्ठले विशेषगरी पूँजी बजारको सुदृढीकरण, लगानीकर्ताको विश्वास अभिवृद्धि, तथा समसामयिक सुधारका पहलहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउन राष्ट्र बैंकसँगको सहकार्य महत्वपूर्ण हुने बताए।

गभर्नर पौडेलले पनि नियामक संस्थाबीचको सहयोग र समन्वयले देशको अर्थतन्त्रलाई थप मजबुत बनाउने उल्लेख गर्दै पूँजी बजार सुधारको प्रक्रियामा राष्ट्र बैंक सधैं सकारात्मक रहने विश्वास दिलाएका थिए।

दुबैबीच भएको छलफलमा हाल पूँजी बजारसँग सम्बन्धित लगानीकर्ताहरूबाट उठेका विविध मागहरू, सुधार आवश्यकताहरू र नीति निर्माण प्रक्रियामा सहकार्यको महत्वबारे समेत छलफल भएको थियो।

साथै पूँजी बजारलाई चलायमान र नयाँ उचाइमा पुर्‍याउनका लागि लगानीकर्ताहरूबाट समयसमयमा उठेका मागहरूलाई उचित सम्बोधन गर्ने सम्बन्धमा समेत छलफल धितोपत्र बोर्डले उल्लेख गरेको छ।

For More;-Rastra Bank SEBON Meeting

#राष्ट्रबैंक #धितोपत्रबोर्ड #पूँजीबजार #आर्थिकसुधार #निवेश #वित्तीयक्षेत्र #नेपालकोआर्थिकविकास #SEBON #NRB #आर्थिकनीति #ICTFrameNews


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *