काठमाडौं क्षेत्र नं १ मा ‘घण्टी’ बज्यो: राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने विजयी
२२ फागुन, काठमाडौैं ।
काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।
निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मतगणनाको अन्तिम परिणाम अनुसार यस क्षेत्रमा कुल २९ हजार ७ सय ७४ मत खसेको थियो ।
निर्वाचन अधिकृत खड्काले जानकारी दिँदै भने, ‘हिजो भएको प्रतिनिधिसभाको निर्वाचनमा २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा मतगणना अनुसार काठमाडौं क्षेत्र नं १ मा २९ हजार ७ सय ७४ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह् लिएर मैदानमा होमीएकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरी उहाँ विजय हुनुभएको छ ।’
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए । राप्रपाका रवीन्द्र मिश्र यो क्षेत्रबाट लगातार तेस्रोपटक पराजित भएका छन् । उनी ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे ।
For more: Ranju Darshana Wins Kathmandu-1


