२२ वैशाख, काठमाडौं।
भ्वाइस अफ नेपाल सिजन ६ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्यमध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका छन् ।
यस सिजनको शीर्ष प्रायोजक क्लोजप ले विजेता प्रोशेश पाण्डेलाई रु. १ लाखको नगद पुरस्कार प्रदान ग-यो । सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।
क्लोजपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोजपको यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।
क्लोजपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,” क्लोजपका प्रतिनिधिले बताए ।
सिजन ६ को समापनसँगै क्लोजपले पुनः आफ्नो प्रतिबद्धता दोहो-याएको छ – आत्मविश्वास, ताजगी र सँगसँगै रहने क्षणहरूलाई मनाउन तथा भविष्यका कलाकारलाई साथ दिन ।
For more: Proshesh Pandey Wins Voice of Nepal Season 6