अर्थतन्त्रलाई औद्योगिकरणमा लैजान सिएनआईका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल

Prime Minister Stresses Domestic Productions
Share It On:

६ साउन, काठमाडौं।

हालै नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्। यस छलफलको मुख्य जोड देशलाई औद्योगिकरणमा लैजाने र उत्पादन बढाएर निर्यातमा ध्यान दिने विषयमा थियो।

प्रधानमन्त्री ओलीले नेपाललाई उत्पादनको केन्द्र बनाउनुपर्ने र भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य सबै वस्तुहरू नेपाली नै होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो। उहाँले स्वदेशी वस्तुको उत्पादन र प्रयोगले मात्र आयात प्रतिस्थापन गर्न सकिनेमा जोड दिनुभयो।

सिएनआईको ‘मेक इन नेपाल’ अभियान र आर्थिक लक्ष्य

CNI President Meet Primer Minister KP Sharma

परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले ‘मेक इन नेपाल’ स्वदेशी अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। यो अभियानको मुख्य उद्देश्य आयात प्रतिस्थापन गर्नु हो।

परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्‍याउने र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। यसका लागि प्रारम्भिक अध्ययनले ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने देखाएको पाण्डेले बताउनुभयो। उहाँले सरकारले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्ने विश्वास व्यक्त गर्नुभयो।

विभिन्न मन्त्रालयसँग सिएनआईको छलफल

परिसंघका पदाधिकारीहरूले प्रधानमन्त्रीसँगको भेटघाटपछि सभामुख देवराज घिमिरे, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग पनि छुट्टाछुट्टै भेटघाट गरेका छन्।

यी भेटघाटहरूमा अर्थतन्त्रको वर्तमान अवस्था, कानुनी एवं नीतिगत सुधार, र बजेटको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो। उद्योग मन्त्री भण्डारीले निजी क्षेत्रको मनोबल बढाउन धेरै काम गर्नुपर्ने र औद्योगिक पूर्वाधार निजी क्षेत्रले नै बनाउनुपर्नेमा जोड दिनुभयो।

भौतिक पूर्वाधार मन्त्री दाहालले समग्र आर्थिक विकासका लागि नीति निर्माणमा मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउनुभयो। उर्जा मन्त्री खड्काले विद्युत व्यापारका लागि निजी क्षेत्रलाई समेत खुला गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो।

यस छलफलमा परिसंघका उपाध्यक्षहरू राज बहादुर शाह, हेम राज ढकाल, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति थियो।

For more: Prime Minister Stresses Domestic Production


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *