२७ भदौ, काठमाडौं।
नेपालमा जेन-जी पुस्ताको आन्दोलन र राजनीतिक अन्योल बढिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइटहरू बन्द भएका छन्।
आन्दोलनको दुई दिनपछि पनि देशमा अनिश्चितताको वातावरण कायम छ, र यस्तो समयमा यी दुई महत्त्वपूर्ण सरकारी वेबसाइटहरू डाउन हुनुले थप संशय पैदा गरेको छ।
बिहीबार राति ११:३० बजेतिर यी वेबसाइटहरू खोल्न खोज्दा खुलेनन्। जबकि गृह मन्त्रालयलगायत अन्य सरकारी कार्यालयका वेबसाइटहरू भने सामान्य अवस्थामा सञ्चालनमै छन्। यसले यो बन्द नियतवश गरिएको हो भन्ने शङ्कालाई बल पुर्याएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएपछि पनि प्रधानमन्त्रीको कार्यालयको आधिकारिक वेबसाइट सञ्चालनमा नै थियो। तर, बिहीबार मध्यरातदेखि भने दुवै वेबसाइट पूर्ण रूपमा बन्द भएका हुन्।
देशमा सेनाको नेतृत्वमा राजा फर्कने हल्ला फैलिरहेका बेला यी वेबसाइटहरू बन्द हुनुले विभिन्न अड्कलबाजीहरूलाई जन्माएको छ।
यो बन्द जेन-जी आन्दोलनकारीहरूको आक्रमणका कारण भएको हो वा कुनै नियोजित कार्य हो, त्यो भने स्पष्ट हुन सकेको छैन।
यस विषयमा आधिकारिक जानकारी आउन बाँकी नै छ, जसले गर्दा जनतामा थप अन्योलता बढेको छ।
For more: President’s and Prime Minister’s Office Webportal Down