लक्ष्मण पौडेल (एन्ड्रयु) को नेतृत्वमा इक्यानको नयाँ कार्यसमिति चयन
२९ पुष २०८२, काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २० औँ साधारणसभाबाट लक्ष्मण पौडेल (एन्ड्रयु) आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार काठमाडौँमा सम्पन्न निर्वाचनमा पौडेलले आफ्ना प्रतिस्पर्धी दीपकराज भुसाललाई पराजित गर्दै बहुमतसहित जित हासिल गरेका हुन्।
नयाँ कार्यसमितिमा विभिन्न पदमा मिश्रित परिणाम आए पनि अधिकांश पदाधिकारीहरू एन्ड्रयु समूहकै निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमिति विवरण:
अध्यक्ष: लक्ष्मण (एन्ड्रयु) पौडेल
उपाध्यक्षहरू: बासुदेब दाहाल, विकल्पराज पोखरेल, गीता शिवाकोटी
महासचिव: भवनाथ हुमागाई
सचिवहरू: सुरज सिलवाल, आशिक कार्की
कोषाध्यक्ष: साधना पुडासैनी
सहकोषाध्यक्ष: गोविन्द खनाल
सदस्यहरू: अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिव प्रसाद अर्याल, र कमलप्रसाद तिमल्सिना।
इक्यान नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि परामर्श दिने सञ्चालकहरूको छाता संगठन हो। नयाँ नेतृत्वले शैक्षिक परामर्श क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
For more: President of ECAN Andrew



