सामसङ नेपालको नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर घोषणा! विशेष अफरका लागि आजै बुक गर्नुहोस् !

Pre-Order Galaxy A56 5G Nepal
Share It On:

८ चैत, काठमाडौं ।

सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नुहुनेछ।

ग्यालेक्सी A56 5G ले पहिलो पटक ‘Awesome Intelligence’ सहितको AI अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भन्नुहुन्छ –

“ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”

विशेष प्रि-अर्डर अफरहरू:

NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ।

प्रि-अर्डर गर्ने ग्राहकहरूले NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने अवसर पाउनेछन्।

उपलब्ध भेरियन्टहरू:

12GB RAM + 256GB स्टोरेज – MRP: NPR 70,999

8GB RAM + 256GB स्टोरेज – MRP: NPR 65,999

रंगहरू: Awesome Graphite, Awesome Light Gray र Awesome Olive

साथै, ‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।

EMI सुविधा:

सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ । प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

बजारमा उपलब्धता:

ग्यालेक्सी A56 5G को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुनेछ। अब ढिला नगरी प्रि-अर्डर गर्नुहोस् र विशेष अफरको फाइदा लिनुहोस्।

For more: Pre-Order Galaxy A56 5G in Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *