नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
१७ मंसिर, काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा उनलाई पक्राउ गरिएको हो । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
For More:-Pradeep Adhikari CAAN Arrest



