३१ असार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई झम्सिखेलस्थित होपफुल हराइजन नेपालमा मानसिक स्वास्थ सम्बन्धि सेवामा विशेष छुट दिने गरी दुई पक्षीय समझदारी भएको छ।
एक समारोहबीच होपफुल हराइजनका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्। उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमूख, अन्जु बस्नेतको पनि उपस्थिति थियो।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपालमा पेश गर्नुपर्ने छ। होपफुल हराइजन नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो।
‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
For More:-Prabhu Hopeful Discount Deal