प्रभु समूहले दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख सहयोग हस्तान्तरण

Prabhu Group Donate Million
Share It On:

२१ असोज, काठमाडौं ।

असोज दोस्रो हप्ता परेको विनाशकारी बाढी, पहिरो र डुबानको क्षतिलाई ध्यानमा राख्दै प्रभु समूहले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँको सहयोग हस्तान्तरण गरेको छ।

Prabhu Group Donates Million

प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, र प्रभु इन्स्योरेन्स लिमिटेड लगायतका संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै यो सहयोग प्रदान गरेका हुन्।

मिति २०८१/०६/२१ गते एक कार्यक्रमका बीच प्रभु समूहका अध्यक्ष माननीय देवी प्रकाश भट्टचनले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

यो रकमले बाढी र पहिरोबाट प्रभावितहरुको खोजतलास, उद्धार तथा उपचार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रभु समूहले यस विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले यो कदम उठाएको छ र पीडितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै, शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने शुभेच्छा प्रकट गरेको छ।

For more: Prabhu Group Donates Million


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *