प्रभु बैंक तथा टी थ्री थकाली र साइनो तन्दुरी बीच छुट सम्झौता

Prabhu Bank T3 Thakali
Share It On:

२३ असार, काठमाडौं।

प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टीथ्री थकाली ग्रुप प्रा.ली.का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँक सँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १०% छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन ।

यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner ले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आºनो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।

सो अनुसार यहाँ आउने जो कोहीले पनि T3 Thakali and Multi Cusinie df authentic थकाली खाना को स्वाद लिन सक्नेछन् भने Saino Tandoori & Sekuwa Corner मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसै घण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।

प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *