प्रभु बैंकलाई “नेपालको उत्कृष्ट SME डिजिटल बैंक” अन्तर्राष्ट्रिय Euromoney Award 2025

Prabhu Bank SME Digital Award 2025
Share It On:

१८ भदौ, काठमाडौं। 

प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित Euromoney Award for Excellence 2025 अन्तर्गत “Nepal’s Best Digital Bank for SMEs” उपाधि प्राप्त गरेको छ। यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था Euromoney Limited द्वारा सिंगापुरमा आयोजित भव्य समारोहका बीच प्रदान गरिएको हो।

उक्त अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित थप तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए। यसअघि पनि प्रभु बैंक Bank of the Year 2023 बाट सम्मानित भइसकेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा, नवप्रवर्तन र ग्राहकप्रतिको समर्पणलाई प्रमाणित गरेको छ।

Euromoney Award अन्तर्गत प्राप्त यस उपाधिले प्रभु बैंकले साना तथा मझौला उद्यम (SMEs) लक्षित डिजिटल बैंकिङ सेवामा खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ।

बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, व्यवसायिक भुक्तानी समाधान, बीमा तथा वित्तीय परामर्श सेवाजस्ता अत्याधुनिक सुविधा उपलब्ध गराउँदै आएको छ। यी सेवाहरूले SMEs लाई आधुनिक बैंकिङ प्रणालीसँग जोडेर उनीहरूको व्यवसाय वृद्धिमा ठुलो योगदान पुर्‍याएका छन्।

बैंकले आफ्नो सेवा रणनीतिमा SMEs लाई विशेष प्राथमिकता दिँदै, ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकासमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। यही प्रतिबद्धताले प्रभु बैंकलाई अन्तर्राष्ट्रिय स्तरको सम्मान दिलाएको हो।

उपलब्धिपछि प्रमुख कार्यकारी अधिकृतले यो केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताएका छन्। साथै, डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउन अझ प्रभावकारी योजना ल्याइने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २५६ एटीएम र सशक्त डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ। ‘डिजिटल नेपाल’ अभियानलाई आत्मसात गर्दै, बैंकले आगामी दिनमा SMEs लक्षित अझ नवीन र दीगो डिजिटल समाधान ल्याउने तयारी गरिरहेको जनाएको छ।

For More:-Prabhu Bank SME Digital Award 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *