प्रभु बैंकका ग्राहक र कर्मचारीलाई ल्यान्डमार्क होटेल तथा रिसोर्टमा विशेष छुट
२० भदौ, काठमाडौं।
दरबार मार्ग, काठमाडौं स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर श्री रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार र ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कर्पोरेट निर्देशक श्री अमृत ढकालले हस्ताक्षर गरेका छन्।
Advertisement
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवा स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्टका सेवाहरूमा विशेष छुट पाउनेछन्। यस अन्तर्गत आवास सेवामा संस्थागत छुट र खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्रदान गरिनेछ। सेवाहरूको भुक्तानी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ।
प्रभु बैंक नेपालभर ३१२ शाखा, २५६ एटीएम र ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले “बैंक अफ द इयर २०२३”, “फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४” तथा “नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई–२०२५” जस्ता सम्मान प्राप्त गरी आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ पारेको छ।
For More:-Prabhu Bank Landmark Hotel Discount

