प्रभु बैंकसँग इला होटल्स र कालिका केबलकारको छुट सम्झौता

Prabhu Bank Discount Offer
Share It On:

६ जेठ, काठमाडौं ।

प्रभु बैंक लिमिटेडसँग इला होटल्स एण्ड रिसोर्टस् र कालिका केबलकार लिमिटेडबीच छुट सम्झौता भएको छ।

Prabhu Bank Discount Offer

यस सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स र कालिका केबलकारका सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिने छ।

समझदारीपत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स तथा कालिका केबलकारका महाप्रबन्धक अर्बिन केसीले हस्ताक्षर गरेका हुन्।

यससँगै अब प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपिन सेवामा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट तथा आवास सेवामा १० प्रतिशत छुटसहित केबलकार यात्रा निःशुल्क पाउनेछन्।

यस्तो सहकार्यले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई थप गुणस्तरीय सेवा तथा फरक अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

For More:-Prabhu Bank Discount Offer

#प्रभुबैंक #इला_होटल्स #कालिका_केबलकार #छुट_सम्झौता #बैंकिङ_अफर #डिस्काउन्ट_अफर #नेपाल_पर्यटन #साझेदारी #बैंक_साझेदारी #ICTFrame


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *