प्रभु बैंकका ग्राहक र कर्मचारीले ब्लु क्रस हस्पिटलमा विशेष छुट पाउने

Prabhu Bank Customers
Share It On:

 २५ भदौ, काठमाडौं ।

प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब काठमाडौँको ब्लु क्रस हस्पिटलमा स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच गरिएको सम्झौताअनुसार, बैंकका ग्राहकहरूले ५ देखि १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

Prabhu Bank Customers Get Special Discounts

ब्लु क्रस हस्पिटलका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु बिष्टले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकहरूले ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, र फिजियोथेरापी सेवा लगायतका विभिन्न सेवाहरूमा छुट पाउनेछन्।

छुट प्राप्त गर्न ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड वा क्यूआर कोडमार्फत भुक्तानी गर्नुपर्नेछ।

प्रभु बैंकका हाल देशभर ३१५ शाखा, २८६ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा छन्।

अस्पतालसँगको यो समझदारीले बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा सुलभता पुर्‍याउने विश्वास गरिएको छ।

For more: Prabhu Bank Customers Get Special Discounts


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *