प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न: ३७ लाख ग्राहकलाई अत्याधुनिक सेवा दिने प्रतिबद्धता
३० पुष २०८२, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले आफ्नो २४औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। आज मिति २०८२ पुस ३० गते बुधबार, बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बैंकका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
आर्थिक प्रतिवेदन पारित: सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका महत्वपूर्ण वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।
सहायक कम्पनीको विवरण: बैंकको सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेड को आर्थिक वर्ष २०८१/०८२ को एकीकृत (Consolidated) वित्तीय विवरणहरू पनि सभाबाट स्वीकृत भएका छन्।
रणनीतिक प्रस्तावहरू: सभामा छलफलका लागि प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू शेयरधनीहरूबाट सर्वसम्मतिले पारित भएका छन्।
प्रभु बैंकको सञ्जाल र सेवा: हाल प्रभु बैंकले नेपालभर आफ्ना ३१२ शाखा, २६९ एटिएम र ६८ एक्स्टेन्सन काउन्टर मार्फत ३७ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त र गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
सभाको समापनमा अध्यक्ष कार्कीले बैंकको प्रगतिमा साथ दिने शेयरधनी, सञ्चारकर्मी र कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ परिष्कृत सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
For more: Prabhu Bank Concludes 24th Annual General Meeting



