प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना
३ पुस २०८२, काठमाडौं ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्यामा देखिएपछि उनलाई बुधबार उपचारका लागि काठमाडौंको चिरायु अस्पताल पुर्याइएको हो ।
शेरचनको उपचार सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा भइरहेको छ । शेरचनमाथि बैंकिङ कसुरसम्बन्धी तीन अलग–अलग मुद्दामा अनुसन्धान चलिरहेको छ । अनुसन्धान जारी रहेकै अवस्थामा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिएको बताइएको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा उपचारका लागि लगिएको हो ।
अस्पताल स्रोतका अनुसार शेरचनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । उनीसहित केही अन्य व्यक्ति विगत १९ दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा छन् । शेरचनमाथि बैंकिङ कसुरसम्बन्धी तीनवटा मुद्दामा अनुसन्धान जारी रहेको छ ।
For More:-Ashok Sherchan Hospital Admission



