प्रभु बैंक र Swisscontact बीच सम्झौता, नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने

Prabhu Bank SwissContact

 २२ जेठ, काठमाण्डौं।

प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (#NAMDP) Phase बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी #Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने ‘Growing together: A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (#NAMDP) Phase का तर्फबाट प्रतिनिधि श्री रीमा श्रेष्ठ ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ज्युले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता  सहज रुपमा उपलब्ध गराईनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here