पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुने : मन्त्री गुप्ता

Pokhariya hospital become provincial
Share It On:

२५ कात्तिक, काठमाडौं । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताए ।

Pokhariya Hospital Become Provincial Minister Gupta 

सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताएका छन् ।

पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिकाको विकासको लागि आफू हरपल तयार रहेको बताउँदै , पोखरीया विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको उनले बताए ।

पोखरीया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधि लगायत विभन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तिब्र रुपमा अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरे ।

कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान , उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

For More:- Pokhariya Hospital Become Provincial Minister Gupta 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts