बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

Pathao Nepal Partners Child
Share It On:

२५ असार, काठमाडौं । 

नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

नेपालका बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँचमा सुधार ल्याउने कार्यक्रमा सहयोग गर्ने उद्देश्यले किओचलाई सहयोग गरेको पठाओ नेपालको निर्देशक सुरक्षा हमालले बताइन् ।

पठाओ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । हमालका अनुसार यसका लागि कम्पनीले राइड फर अ कज अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानमार्फत यात्रा जम्मा भएको रकम काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच किओचलाई हस्तान्तरण गरिएको हो ।

डा भगवान कोइरालाको नेतृृत्वमा निर्माण भइरहेको उक्त अस्पताललाई आर्थिक सहयोग गर्ने उद्देश्यले पठाओ नेपालले गत जेठ २७ गतेदेखि यही असार २ गतेसम्म राइड फर अ कज अभियान सञ्चालन गरेको थियो । उक्त सहयोगले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको उपचारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

पठाओले प्रविधि, सञ्जालको प्रयोग गरी किओचको उक्त सामाजिक अभियानमा सहयोग गरेको जनाएको छ । यस सहयोगले बालस्वास्थ्य, जनचेतना र दीर्घकालीन सहकार्य हुनेमा कम्पनीको विश्वास छ ।

कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पठाओले विगतदेखि नै सकारात्मक परिवर्तन र समुदायको समग्र हितको पक्षमा उभिँदै आएको छ ।

डा कोइरालाले काठमाडौँसहित सातवटै प्रदेशमा बाल अस्पताल निमर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने  काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

For more: Pathao Nepal Partners Child Health


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts