पठाओद्वारा भाडा नबढाएको स्पष्टीकरण: अफलाइन राइडप्रति सचेत रहन अनुरोध

Pathao Denies Fare Increases
Share It On:

१९ जेठ २०८२, काठमाडौं।

पछिल्ला केही दिनयता सार्वजनिक यातायातमा देखिएको अवरोधका कारण विभिन्न राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला लोकप्रिय राइड सेयरिङ एप पठाओले आफूले कुनै पनि भाडा वृद्धि नगरेको स्पष्ट पारेको छ। कम्पनीले यात्रुहरूलाई पठाओ एपमार्फत नियमित शुल्कमै सेवा उपलब्ध भइरहेको जनाएको छ।

पठाओले जारी गरेको आधिकारिक सूचनामा केही सेवाहरूले भाडा बढाउँदा पठाओको नामसमेत जोडेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ। कम्पनीले “हामीले नियमअनुसारको शुल्क मात्र लिएका छौँ र कुनै पनि थप शुल्क लिएका छैनौँ,” भन्दै भाडा वृद्धिको हल्ला निराधार रहेको उल्लेख गरेको छ।

यात्रु प्रोत्साहन र सुरक्षामा जोड

असहज परिस्थितिमा पनि यात्रुहरूको सेवालाई सहज बनाउने उद्देश्यले पठाओले आफ्ना राइडरहरूलाई बोनस र प्रोत्साहन उपलब्ध गराएर थप सेवा दिन प्रोत्साहित गरिरहेको छ। यसबाट यात्रुहरूलाई सहज, सुरक्षित र भरपर्दो यात्रा प्रदान गर्ने पठाओको लक्ष्य रहेको छ।

अफलाइन राइड: जोखिम र सावधानी

पठाओले यात्रुहरूलाई अफलाइन यात्रा नगर्नका लागि कडा अनुरोध गरेको छ। कम्पनीका अनुसार अफलाइन यात्रा गर्दा ठगी, डकैती, बीमा नहुनु, र सुरक्षाको कमी जस्ता गम्भीर समस्याहरू देखिएका छन्। साथै, ट्र्याकिङ प्रणालीको अभावले गर्दा कुनै अप्रिय घटना भएमा प्रमाण उपलब्ध गराउन कठिन हुने जनाइएको छ।

यसैले, यात्रुहरूलाई मोबाइल एपमार्फत मात्रै राइड बुक गर्न आग्रह गरिएको छ, जसबाट सेवा ट्र्याक गर्न, बीमा सुविधा लिन र आवश्यक परेको अवस्थामा प्रमाण पेश गर्न सकिन्छ।

२४ घण्टा ग्राहक सेवा उपलब्ध

कुनै समस्या वा गुनासोका लागि पठाओले यात्रुहरूका लागि २४ घण्टा खुला रहने कस्टमर सपोर्ट नम्बर ०१-५९७०००९ उपलब्ध गराएको छ। यात्रुहरूले यो नम्बरमा फोन गरेर आफ्ना गुनासा वा सुझावहरू राख्न सक्नेछन्।

पठाओले आफ्नो व्यावसायिक नीतिमा पारदर्शिता अपनाउँदै यात्रु र राइडर दुवैलाई सुरक्षित, भरपर्दो र सहज सेवा दिन प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले अफवाह र भ्रामक प्रचारबाट सचेत रहँदै केवल पठाओ एपमार्फत राइड लिनु नै यात्रुको सुरक्षाका लागि उपयुक्त विकल्प भएकोमा जोड दिएको छ।

For more: Pathao Denies Fare Increase


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts