पठाओले ३९ जना सम्मानित गर्‍यो, १५ जनालाई पठाओ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग

Pathao Awarded Support Program
Share It On:

२२ असोज, काठमाडौं ।

पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गरी उत्कृष्ट सेवा दिने राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल मर्चेन्ट, रेस्टुरेन्ट, र अन्य पार्टनरहरूको योगदानलाई सम्मान गरेको छ।

Pathao Awarded Support Program 2081

कम्पनीका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले फरक क्षमता भएका चालकहरूको साहसलाई सम्मान गर्दै, पठाओको सफलताको श्रेय मेहनती राइडर, क्याप्टेन, र हिरोहरूलाई गएको बताए।

प्रमुख सम्मानितहरू र अवार्डहरू:

  • सबैभन्दा कान्छो चालक: सुमन बाबु मगराती – द राइजिङ राइडर अवार्ड
  • उत्कृष्ट पर्फमर (पुरुष): प्रेम बहादुर खड्का – द स्टार मेल राइडर अवार्ड
  • सर्वाधिक राइड लिने: तीर्थ बहादुर बिष्ट – द टायरलेस राइड अवार्ड
  • सबैभन्दा धेरै रेटिङ पाउने: सुदन अधिकारी – युजर्स फेभराइट राइडर अवार्ड
  • सबैभन्दा लामो समय प्लेटफर्ममा रहेका: बिमल श्रेष्ठ – द भेटेरन राइडर अवार्ड
  • निलम्बन नभएका: श्याम बहादुर चौधरी – द अनरेबल राइडर अवार्ड
  • सबैभन्दा सक्रिय चालक: सुमन खड्की – द डेडिकेटेड राइडर अवार्ड
  • उत्कृष्ट महिला चालक: ओम कुमारी चेम्जोङ – द स्टार फिमेल राइडर अवार्ड
  • सबैभन्दा पुराना चालक: पोष बहादुर खत्री – द सेनियर राइडर अवार्ड
  • सामाजिक कार्यमा योगदान दिने: सरस्वती महर्जन – द हेल्पिंग ह्यान्ड अवार्ड

 

क्याप्टेनहरूमा किशोर गिरिलाई सबैभन्दा कान्छो क्याप्टेनका रूपमा द राइजिङ क्याप्टेन अवार्ड प्रदान गरियो भने करुणा तामाङ भण्डारीलाई द स्टार फिमेल क्याप्टेन अवार्ड दिइएको थियो।

डेलिभरी हिरोहरूमा नरेन्द्रकुमार तामाङले द स्टार मेल पठाओ हिरो अवार्ड पाउँदा गाजल अमिनले द स्टार फिमेल पठाओ हिरो अवार्ड प्राप्त गरिन्।

कार्यक्रममा पुनम मिश्र, बलराम तामाङ, र राजेन्द्र मगरले रेजिलिन्स अवार्ड प्राप्त गरेका थिए।

For more: Pathao Awarded Support Program 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *