‘गाई र गोरु पूजाः समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान’
५ कात्तिक २०८२, काठमाडौं ।
गाई, गोरु र अन्य पशु–पक्षीको पूजा पनि प्रकृति पूजक परम्परासँग सम्बन्धित छ । गाई र गोरुको पूजा कृषि, जीवनोपार्जन र धार्मिक कर्मसँग जोडिएको छ ।
गाईलाइ त हामीले लक्ष्मी माता र आमाको स्वरुप वा पोषण दाताको स्वरुपको रुपमा पनि पुजा गर्ने गर्दछौं ।
किनभने गाईको दुध पान गर्नाले शरिरमा उर्जा उत्पन्न हुने गर्दछ । गाईको अगाडि पछाडी सम्पुर्ण ब्रम्हा, विष्णु र महेश्वर जस्ता भगवानहरु रहने भएकाले यसलाई गौ माताको रुपमा मानिन्छ ।
हिन्दु धर्म संस्कृती तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ । साथै जुनसुकै कर्म गर्दाखेरीपनि गाईको गौदान गर्ने प्रचलन रहेको छ ।
त्यपछि मात्रै हामीले शुभ कर्महरु गर्ने गर्दछौं । गाईको त दैनिक रुपमा पनि पुजा पाठ गर्ने परम्परा रहेको छ । तरपनि विशेषगरी कार्तिक कृष्ण औंसी वा कुनै समय तिथिका कारण शुक्ल प्रतिपदाका दिनहरुमा पनि गौ माताको पुजा गर्ने गरिन्छ ।
लक्ष्मीपूजाको दिन, माता लक्ष्मीको आराधना गरिन्छ । यस दिन घर–आँगनमा दीप प्रज्वलन गरिन्छ र सम्पत्ति, सुख र समृद्धिको कामना गरिन्छ ।
धनत्रयोदशीको दिन, पुराण अनुसार, लक्ष्मीमाताको कृपाले स्वर्गबाट अमरावती र कुबेरसँग भएको सम्पत्ति फिर्ता ल्याइएको थियो । त्यसैले सुन, चाँदी, धातु र अन्य मूल्यवान वस्तु किन्न र पूजा गर्ने चलन छ ।
गोरुलाई पनि अन्न दाताको रुपमा पुजा गर्ने प्रचलन रहेको छ । कृषिप्रधान देश भएकाले हामीले हलो जोत्न पनि गोरुको प्रयोग गर्ने गर्दछौं ।
वर्षभरी जोतेको गोरुलाई यसदिन गोरुको खुरमा तेल लगाउने, सिङमा रंग लगाउने, शरिरमा बेसार र तिलको छाप लगाउने र माला लगाएर र मिठो अन्न खान दिएर पुजा गर्ने चलन परापूर्व काल देखि हाल सम्म रहेको छ ।
For more: Ox Worship in Tihar