ओप्पो फाइन्ड एन५ नेपालमा सार्वजनिक: विश्वकै सबैभन्दा पातलो फोल्डेबल फोनको मूल्य रु २,४९,९९९

OPPO Find N5 Kathmandu Prices
Share It On:

९ भदौ, काठमाडौं ।

ओप्पो नेपालले ‘फाइन्ड एन५’ सार्वजनिक गर्‍योः विश्वकै सबभन्दा पातलो फोल्डेबल, आकर्षक डिजाइन लामो ब्याट्री लाइफ र एआई–सक्षम परफर्मेन्स परफर्मेन्स सहित
विश्वको अग्रणी स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ ।

केवल ८.९३ मि.मि. पातलो र २२९ ग्राम तौल भएको ‘ओप्पो फाइन्ड एन५’ विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो।

यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो, र ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिन्छ ।

यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ। स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म मा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिन्छ ।

‘ओप्पो फाइन्ड एन५’ पहिलो फोल्डेबल हो जसले आईपीएक्स९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ।

यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएको छ जसले उच्च स्तरको मजबुती सुनिश्चित गर्छ। यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ, जसले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउँछ।

कलरओएस १५ मा आधारित यसमा कॉल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटी जस्ता फिचरहरू छन्। यो १६ जीबी राम + ५१२ जीबी स्टोरेज भर्सनमा रु. २,४९,९९९ मा उपलब्ध छ र शून्य प्रतिशत (०%) ईएमआई योजनासहित बिक्री सुरु भएको छ ।

डिजाइन र मजबुतीः

८.९३ मि.मि. पातलो, २२९ ग्राम तौल, विश्वकै सबभन्दा हल्का फोल्डेबल

आईपीएक्स९ वाटर रेजिस्टेन्स सहित पहिलो फोल्डेबल

आर्मर सिल्ड आर्किटेक्चर मार्फत ३०% बढी मजबुती र २०% बढी ड्रप प्रोटेक्शन

टाइटेनियम फ्लेक्सन हिंज – २६% सानो तर ३६% बढी मजबूत, टीयूभी राईनल्याण्ड प्रमाणित

डिस्प्लेः

८.१२ इन्च इनर डिस्प्ले, फोल्डेबल श्रेणीमै ठूलो

६.६२ इन्च कभर डिस्प्ले

१२० हट्र्ज एडेप्टिभ रिफ्रेस रेट र अधिकतम २००० निट्स एचडीआर ब्राइटनेस

टीयूभी राईनल्याण्ड मिनिमाइज्ड क्रीज प्रमाणित

ओप्पो पेन् सपोर्ट

ब्याट्री र परफर्मेन्सः

५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री, फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ

८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ

स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म आधारित उच्च कार्यक्षमता

हार्डवेयर–लेभल सेक्युरिटी चिप मार्फत डेटा प्रोटेक्शन

ह्यासलब्लाड क्यामेरा सिस्टमः

वाइड, अल्ट्रा–वाइड, जुम र पेरिस्कोप लेन्स सहित

टेलिफोटो म्याक्रो क्याप्चर, नजिकै १० से.मी. सम्मको सब्जेक्ट फोकस गर्ने क्षमता

ह्यासलब्लाड पोट्र्रेट मोड र रअ क्याप्चर

ह्यासलब्लाड मास्टर मोड मार्फत प्रो–लेभल कन्ट्रोल

डोल्बी भिजन एचडीआर भिडियो रेकर्डिङ फोर के/६० एफपीएस मा

कलरओएस १५ का स्मार्ट फिचरहरूः

कॉल समरीः ट्रान्स्क्रिप्ट र एक्शन पोइन्ट तयार गर्ने सुविधा

डुअल–स्क्रिन इन्टरप्रिटरः रियल–टाइम ट्रान्सलेसन

फोटो एडिटिङ टुल्सः अब्जेक्ट हटाउने, धमिलो फोटो फिक्स गर्ने, स्पष्टता बढाउने

बाउन्डलेस भ्यु र स्प्लिट–स्क्रिन मल्टिटास्किङ

ओ+ कनेक्ट र टच टु सेयर मार्फत म्याक र आइओएसमा क्रस–डिभाइस कनक्टिभिटी

मूल्य र उपलब्धताः

‘ओप्पो फाइन्ड एन५’ हालै नेपालमा उपलब्ध छ। १६ जीबी र्याम + ५१२ जीबी स्टोरेज भर्सनको मूल्य रु. २,४९,९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले शून्य प्रतिशत (०%) ईएमआई योजना अन्तर्गत ४०% डाउन पेमेंट र १२ महिना किस्ता सुविधा प्रयोग गर्न सक्नेछन्।

ओप्पो बारेमाः

ओप्पो एक विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो। सन् २००८ मा पहिलो मोबाइल फोन “स्माइली फेस” सार्वजनिक गरेदेखि ओप्पोले निरन्तर डिजाइन र नयाँ प्रविधि मा ध्यान केन्द्रित गर्दै आएको छ।

हाल ओप्पो ७० भन्दा बढी देशहरूमा सञ्चालन भइरहेको छ र ४०,००० भन्दा बढी कर्मचारीहरूसहित फाइन्ड सिरिज, रेनो सिरिज, कलरओएस तथा अन्य डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।

For more: OPPO Find N5 Kathmandu Price


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *