अनलाइनखबरद्वारा ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक; ५० व्यक्तित्व सम्मानित
२४ चैत, काठमाडौँ।
अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ।
हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष केही समय ढिलो गरी सोमबार तेस्रो संस्करणको ‘५० प्रभावशाली महिला’सार्वजनिक गरिएको हो ।
ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै उनीहरूलाई अवार्ड प्रदान गरेकी छिन् ।
सूचीमा नेपाली राजनीति, समाज, कला / साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।
For more: Onlinekhabar 50 Influential Women


