ओमोडा र जेइकोको भविष्य इन्टेलिजेन्ट इकोसिस्टम: बायोनिक रोबोट मोर्निंग र अर्गोसको रणनीति सार्वजनिक

OMODA & JAECOO Future Intelligent Ecosystems
Share It On:

२३ कात्तिक, काठमाडौं ।

ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिट (प्रयोगकर्ता सम्मेलन)मा आफ्नो “फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली)” नामक रणनीति सार्वजनिक गरेको छ ।

OMODA & JAECOO Future Intelligent Ecosystem

२८ देशका सय भन्दा बढी मिडिया प्रतिनिधिहरू तथा ‘कि ओपिनियन लिडर’हरूको उपस्थितिमा यो नयाँ ‘ब्रान्ड भिजन’ सार्वजनिक भएको हो । नयाँ ब्रान्ड भिजनले व्यावसायिक र घरेलु वातावरणमा सर्भिस चेन (सेवा-सञ्जाल) जोड्ने ह्युमनमेसिनलाइफ इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेको छ ।

यो इकोसिस्टम दुई अत्याधुनिक सर्भिस रोबोटहरूद्वारा सञ्चालित छ जसमा – बायोनिक ह्युमनोइड मोर्निनक्वाड्रपेड(चारखुट्टे) फेमिलि रोबोट अर्गोस पर्दछन् ।

युजर समिटमा, ओमोडा एन्ड जेइकोले आफ्नो प्रयोगकर्ता-केन्द्रित विकास दृष्टिकोणद्वारा सञ्चालित नयाँ एआइ (कृतिम बौद्धिकतासम्बन्धी) उत्पादन तथा आविष्कारहरू प्रदर्शन गरेको छ । जसअन्तर्गत व्यावसायिक क्षेत्र र घरायसी प्रयोजनमा मान जीवन सरल र परिष्कृत बनाउने अत्याधुनिक रोबोटहरू छन् ।

यी रोबोटहरू विश्वव्यापी रूपमा बदलिँदो मानव जीवनलाई ध्यानमा राखी डिजाइन गरिएको हो । यी रोबोटहरूले विकसित क्षेत्रहरूमा वयोवृद्ध जनसङ्ख्याको स्वास्थ्य हेरचाह तथा साथको आवश्यक्तालाई सम्बोधन गर्दछन् भने, विकासशील क्षेत्रहरूमा युवा जनसांख्यिकीलाई अन्तरक्रियात्मक शिक्षा तथा मनोरञ्जनात्मक पक्षहरूमा साथ दिन्छन् ।

मोर्निन र अर्गोस रोबोटहरूमा व्यापक अनुसन्धानको साथ उत्कृष्ट हार्डवेयर-सफ्टवेयर सन्तुलन सुनिश्चित गरिएको छ जसबाट निरन्तर सन्तुलित हार्डवेयर र बौद्धिक अन्तरक्रिया सम्भव हुन्छ । यी रोबोटहरूमा ‘एडभान्स्ड ल्याङ्ग्वेज मोडल’ र ‘कन्ट्रोल एल्गोरिदम’हरू समावेश छन् जसले गर्दा व्यावसायिक र घरेलु दुवै क्षेत्रहरूमा प्रयोग गर्दा परिष्कृत र बहुमुखी अन्तरक्रियाको अनुभव सुनिश्चित हुन्छ ।

व्यावसायिक प्रयोग उदाहरणका रूपमा, मोर्निन रोबोटले कार डिलरसिपमा स्मार्ट सहायकको रूपमा काम गर्न सक्छ । यस रोबोटले ग्राहकको स्वागत, प्रोडक्ट डेमो, र जिज्ञासा तथा अरू कुरामा सहयोग आदि गरी एकातिर ग्राहकको उत्कृष्ट सेवा-अनुभवलाई कायम राख्दछ भने अर्कोतिर डिलरको लेबर लागत घटाउन मद्दत गर्दछ । यसबाहेक मोर्निन रोबोटले खुद्रा विक्री, अतिथि सत्कारलगायत विभिन्न क्षेत्रहरूमा विषयअनुसार छुट्टाछुट्टै विशिष्ट सेवा-सुविधाहरू प्रदान गर्ने क्षमता राख्दछ ।

घरायसी प्रयोजनको लागि, मोर्निन रोबोटले घरको सामान्य कामधन्दा, रिमोट गाडी नियन्त्रण, मनोरञ्जन, स्वास्थ्य मनिटरिङ गर्ने तथा परिवारका वृद्ध सदस्यहरूलाई साथीको रूपमा सेवा गर्न सक्छ ।

त्यसैगरी, अर्गोस रोबोटले बालबालिका र किशोरकिशोरीहरूका लागि खेलकुदको क्षेत्रमा सहयोग तथा भावनात्मक अन्तरक्रियाहरू गर्दै बालविकासमा सहयोग गर्ने महत्वपूर्ण साथीको रूपमा भूमिका खेल्न सक्दछ ।

ओमोडा एन्ड जेइकोको यो नयाँ रणनीतिले सर्भिस रोबोटलाई “टुल्स (उपकरण)” को रूपमा मात्र नभई विविध पारिवारिक आवश्यकताको लागि एक साथीको रूपमा परिकल्पना गर्दछ । आजका विभिन्न आवश्यकताहरू पूरा तथा प्रोडक्टहरूबीचको सहकार्यलाई बढावा दिँदै, ब्रान्डले रोबोटिक्स प्रविधिमा नयाँ विकास तथा आविष्कार गरिरहेको छ । यसबाट प्रविधिमा लागत अनुकुलित हुनुका साथै ‘इन्टेलिजेन्ट सर्भिस’हरूको व्यापक प्रयोगको प्रवर्द्धन हुन्छ ।

यस नयाँ इकोसिस्टमले सर्भिस रोबोट उद्योगको वृद्धिमा योगदान पुर्‍याउनेछ र संसारभरका घरपरिवारहरूमा नवीनतम ‘इन्टेलिजेन्ट सोलुसन्स’ पुर्‍याउन अहम भूमिका खेल्नेछ ।

For more: OMODA & JAECOO Future Intelligent Ecosystem


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts