२९ साउन, काठमाडौं।
विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजीले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ।
सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम बाट प्रयोगकर्ताले प्रयोग गर्न सक्नुहुने कम्पनिका संस्थापक/संचालक प्रकाश पौडेलले बताउनुभयो।
यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, सरल र प्रविधिमैत्री रहेको छ।
साथै एपले तिथि मिति, स्थानको आधारमा सूर्योदय–सूर्यास्त,चाडपर्व, बिदा, नेपाल संवत, मुहुर्त, पञ्चाङ्ग, कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइगेट तथा पंडित सेवा फिचर उपलब्ध गराएको छ।
कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया, र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ।
For more: Offline Nepali Calendar App