२६ भदौ २०७९, काठमाडौं।
व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित २०७९ भाद्र २२–२४ मा यस नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औ महाधिवेशन ट्रेड युनियन आन्दोलनको उद्गम भुमि प्रदेश–१ को राजधानी विराटनगरमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष माननीय सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक श्री सुनिल पौडेलको विशेष आतिथ्यतामा २०७९ भाद्र २२ गते संगठनका तत्कालीन अध्यक्ष यादव प्रसाद पनेरुको अध्यक्षतामा उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्र्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो । उक्त महाधिवेशनबाट श्री मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भचएको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, श्री आनन्द पौडेल, महासचिव श्री मणि कुमार पोखरेल, उपमहासचिवहरू श्री तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल चयन हुनुभएको छ ।
सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, श्री कमल घिमिरे, केशव बि. सी., सालिकराम आचार्य, श्री हरि बहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, श्री कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।
साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू, कम्पनीका उच्च पदस्थ व्यवस्थापकज्यूहरू, कम्पनीमा क्रियाशील ट्रेड युनियनका प्रतिनिधिज्यूहरू तथा देशभरबाट उपस्थित प्रतिनिधि तथा पर्यवेक्षक तथा स्वयं सेवकज्यूहरू, कर्मचारी मित्रहरू, पत्रकार मित्रहरू, महाधिवेशन सफल बनाउन अहोरात्र खटिनुहुने केन्द्रीय समितिका सम्पूर्ण निवर्तमान पदाधिकारीज्यूहरू, सहआयोजक प्रदेश–१ प्रादेशिक समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, हल उपलब्ध गराई सहयोग गर्ने होटल मनास्लू इन, बिराटनगरका होटल व्यवसायीहरु तथा ११ औ महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्ने सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।