नेपाल टेलिकमले कर्पोरेट ग्राहकका लागि Multiple TV जडान सेवामा विशेष छुटसहितको योजना सुरु

NTC Multi-TV Installation Services
Share It On:

२२ कात्तिक, काठमाडौं ।

नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुका लागि Multiple TV जडानको सेवा सुरु गरेको छ, जसले संस्थागत ग्राहकलाई सहुलियत दरमा Multiple TV जडान गर्नका लागि सहज बनाउनेछ। यस सुविधाले कर्पोरेट ग्राहकहरुको बढ्दो मागलाई सम्बोधन गर्दै उनीहरुलाई बेसिक र प्रिमियम प्याकेजहरुमा विशेष छुट दिने लक्ष्य लिएको छ।

४ देखि १० वटा TV जडान गर्न चाहने ग्राहकहरुले प्रति सेट टप बक्स रु। २,९३८ मा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन्। ११ भन्दा बढी TV जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु। २,८२५ मा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन्।

यस सेवाका बारेमा थप जानकारीका लागि ग्राहकहरुले नेपाल टेलिकमको हेल्पलाइन १९८ मा सम्पर्क गर्न वा नजिकैको टेलिकम कार्यालयमा जान सक्नेछन्।

For more: NTC Multi-TV Installation Service


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *