संगीता पहाडी अर्याल नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकमा नियुक्त

NTC New MD
Share It On:

२४ भदौ, काठमाडौं । 

नेपाल सरकारको हालैको निर्णय अनुसार संगीता पहाडी अर्याल नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त भएकी छिन्।

NTC Gets New MD

भदौ २० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई चार वर्षको कार्यकालका लागि यो महत्वपूर्ण पदमा नियुक्त गरेको हो, जसको जानकारी टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले दिएका छन्।

अर्याल यसअघि असोज १७, २०८० को निर्णयअनुसार कम्पनीको निमित्त प्रबन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

अर्यालले भारतको अलाहावाद विश्वविद्यालयबाट बिई (इन्जिनियरिङ) र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई (इन्जिनियरिङ) गरेकी छन्।

उनले २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएकी थिइन् र २०५१ फागुन १० मा स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।

उनले २०७८ माघ १८ मा कम्पनीको नायब प्रबन्ध निर्देशक पदमा नियुक्ति प्राप्त गरेकी थिइन्।

पदभार ग्रहण गर्दै अर्यालले नेपाल सरकारले आफूप्रति देखाएको विश्वास र सद्भावप्रति आभार व्यक्त गरिन्। उनले आफ्नो पदको गरिमा र विश्वासलाई उच्च प्राथमिकतामा राख्दै नेपाल टेलिकमलाई अझ उच्च स्थानमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।

For more: NTC Gets New MD


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *