CRBT सेवा पुनः सुरु भएको सम्बन्धमा
१९ भदौ, काठमाडौं।
नेपाल टेलिकमको Caller Ring Back Tone (CRBT) सेवा प्राविधिक समस्याका कारणले अवरुद्ध हुन गएकोमा हाल उक्त समस्या समाधान भई सेवा पुनः सुरु भएको व्यहोरा जानकारी गराउन चाहन्छौं।
ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै सोही बमोजिमका सेवाहरु अविच्छिन्न र गुणस्तरीय रुपमा प्रदान गर्न कम्पनी सदा प्रतिवद्ध छ।