नेपाल टेलिकमद्वारा रसुवाको चन्दनबारीमा २जी बीटीएस सञ्चालन

NTC BTS Chandanbari
Share It On:

२३ साउन, काठमाडौं।

नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा २जी बीटीएस (बेस ट्रान्सीभर स्टेशन) सञ्चालनमा ल्याएको छ।

यससँगै समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको गोसाईकुण्ड गाउँपालिकास्थित चन्दनबारीमा अब मोबाइल नेटवर्कको पहुँच पुगेको छ।

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाईकुण्ड जाने तीर्थालु तथा पदयात्रीहरूको सुविधालाई विशेष ध्यानमा राखेर यो सेवा विस्तार गरेको हो।

धुन्चेदेखि गोसाईकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा २जी बीटीएस सञ्चालनमा आएसँगै गोसाईकुण्ड जाने दर्शनार्थी तथा पर्यटकहरूले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २०० मिटर उचाइमा रहेको गोसाईकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पाउन सक्नेछन्।

कम्पनीले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरूको थप सुविधाका लागि #4Gनेटवर्क विस्तार गर्ने योजना समेत अघि सारेको छ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाईकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा भव्य मेला लाग्ने गर्दछ। यस क्षेत्रमा सेवा सञ्चालनमा आएपछि दर्शनार्थी, पर्यटक तथा सो क्षेत्रमा बसोबास गर्ने वासिन्दासमेत लाभान्वित हुनेछन्।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार नेपाल टेलिकमले यो सेवा विस्तार गरेको हो।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई कम्पनीले निरन्तरता दिएको जनाएको छ।

For more: NTC BTS Chandanbari Rasuwa


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *