नेपाल Network Operators Group (npNOG) ले पोखरामा npNOG-10 कार्यक्रमको आयोजना गर्दै

npNOG-10 Workshop
Share It On:

२२ कात्तिक, काठमाडौं ।

नेपाल Network Operators’ Group (npNOG) ले मिति २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखराको रमणीय लेकसाइड क्षेत्रमा दशौं संस्करणको npNOG-10 कार्यक्रमको आयोजना गर्दैछ।

npNOG-10 Workshops

यस कार्यक्रमले नेटवर्किङ र ICT क्षेत्रका प्राविधिकहरूको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ, जसमा कार्यशालाहरू र सम्मेलन समेटिएका छन्।

npNOG-10 मा चारदिने कार्यशालाहरू मार्फत Network Automation र Advanced Routing सम्बन्धी तालिम APNIC का विशेषज्ञबाट, तथा Containerization को परिचय सम्बन्धी तालिम npNOG का प्रशिक्षकहरूले प्रदान गर्नेछन्। हरेक कार्यशालामा ३० सहभागीका लागि स्थान उपलब्ध हुनेछ, जसले सहभागीहरूलाई इन्टेन्सिभ सिकाइ अनुभव दिनेछ।

२९ नोभेम्बरमा विशेष सम्मेलन

चारदिने कार्यशाला पछि, मिति २९ नोभेम्बर २०२४ मा एक दिवसीय सम्मेलन आयोजना गरिनेछ, जसले नेटवर्किङ र सिस्टम अपरेसनमा देखा परेका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे छलफल गर्नेछ। ICT क्षेत्रमा विशेषज्ञहरू तथा मुख्य साझेदारहरूको सहभागिता रहने यो सम्मेलनले नेपालका प्राविधिकहरूको सञ्जाल विस्तार गर्ने अवसर प्रदान गर्नेछ।

विशेष छुट र छात्रवृत्ति अवसरहरू

npNOG-10 ले NPIX, NREN, र ISPAN का सदस्यहरूलाई २०% छुटको व्यवस्था गरेको छ, जुन नोभेम्बर १०, २०२४ सम्म मान्य हुनेछ। साथै, ICT क्षेत्रमा समावेशिता र सहभागिता बढाउन npNOG ले छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ। ५०% छात्रवृत्ति महिला आवेदकहरूका लागि सुरक्षित गरिएको छ, जसले ICT क्षेत्रमा महिला प्रतिनिधित्वलाई थप प्रोत्साहन गर्नेछ।

प्रमुख साझेदार र सहयोगदाताहरू

npNOG-10 को सहआयोजक Nepal Internet Exchange (NPIX) रहेको छ, जसलाई नेपाल दूरसञ्चार प्राधिकरण (NTA), नेपाल रीसर्च एन्ड एजुकेशन नेटवर्क (NREN), र ISP एसोसिएसन अफ नेपाल (ISPAN) ले सहयोग पु¥याएका छन्। यसका साथै, npNOG-10 को सफलताका लागि अन्तर्राष्ट्रिय समुदायको समेत महत्वपूर्ण योगदान रहेको छ।

हामीले प्लेटिनम प्रायोजक AWS, गोल्ड प्रायोजकहरू Juniper र Cisco, सिल्भर प्रायोजकहरू Nokia र Dataworld, तथा कम्युनिटी प्रायोजकहरू Flexoptix र APNIC लाई विशेष धन्यवाद दिन चाहन्छौं। उहाँहरूको सहयोगले npNOG-10 जस्ता कार्यक्रमलाई सम्भव बनाउँदै नेपालका ICT क्षेत्रको प्रगति र सहकार्यलाई बढावा दिएको छ।

npNOG-10 को सहभागीता आह्वान npNOG-10 मा सहभागी भई नेपालको ICT इकोसिस्टमको हिस्सा बन्न तथा देशको इन्टरनेट पूर्वाधारलाई सुदृढ बनाउन चाहने सबै प्राविधिक, नेटवर्क इन्जिनियर र ICT पेशेवरहरूलाई सहभागी हुन npNOG हार्दिक आह्वान गर्दछ।

For more: npNOG-10 Workshops


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *